Nepal Life

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आवेदन अवधि थप, वैशाख ७ सम्म मौका

NMB Bank
  • BFIS News
  • 2026 Apr 05 10:21
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आवेदन अवधि थप, वैशाख ७ सम्म मौका
United Ajod

काठमाडौं, चैत — याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले चैत ८ गतेदेखि खुला गरेको उक्त आईपीओमा अब २०८३ साल वैशाख ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँ मूल्यका २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। तीमध्ये ७ करोड रुपैयाँ बराबरका ७ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। उक्त शेयरमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिन न्यूनतम १० कित्ता अनिवार्य गरिएको छ भने अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन पाइनेछ।

कम्पनीको वित्तीय अवस्थाको मूल्यांकन गर्दै केयर रेटिङ्ग नेपाल ले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख ५६ हजार ३१५ रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २५ करोड ७३ लाख ८० हजार ५११ रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ६ महिना बाँकी रहेको छ।

कम्पनीका अनुसार यस आयोजनामा गरिएको लगानी सामान्य अवस्थामा १०.७६ वर्षमा फिर्ता हुने अनुमान गरिएको छ भने डिस्काउन्ट आधारमा लगानी फिर्ता हुने अवधि १९.८७ वर्ष रहनेछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेड ले सम्हालेको छ। स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंक का जुगल गाउँपालिका शाखा तथा सिन्धु विकास बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्।

यसका साथै, इच्छुक लगानीकर्ताले आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया