NIMB Header 2
Nepal Life

श्रम मन्त्री दीपककुमार साह हटाउने तयारीमा प्रधानमन्त्री बालेन शाह

IME LIFE
  • BFIS News
  • 2026 Apr 09 14:13
श्रम मन्त्री दीपककुमार साह हटाउने तयारीमा प्रधानमन्त्री बालेन शाह
United Ajod

काठमाडौं, चैत २७ — प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह लाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकटका अनुसार मन्त्री साहको कार्यसम्पादनप्रति प्रधानमन्त्री सन्तुष्ट नभएको बताइएको छ।

Nepal Life
NIMB

श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारीमा प्रधानमन्त्री रहेको बताइएको छ। यस विषयमा औपचारिक निर्णय भने सार्वजनिक भइसकेको छैन।

मन्त्री साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी–२ बाट निर्वाचित भएका थिए। उनी छोटो समयमै मन्त्री बनेका थिए र आजसम्म उनको कार्यकाल १४ दिन पुगेको छ।

शैक्षिक रूपमा पनि मन्त्री साहलाई योग्य व्यक्तिका रूपमा हेरिन्छ। उनले London School of Hygiene & Tropical Medicine मा ‘पिएचडी स्कलर’का रूपमा अध्ययन गरेका छन् भने London School of Economics बाट हेल्थ पोलिसी, प्लानिङ तथा फाइनान्सिङमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

यसैगरी, उनले Institute of Medicine बाट पब्लिक हेल्थमा स्नातकोत्तर, अप्टोमेट्रीमा स्नातकोत्तर तथा Nepal Law Campus बाट एलएलबी गरेका छन्। उनी नेपाल दृष्टि विशेषज्ञ संघ का अध्यक्षसमेत हुन्।

प्रधानमन्त्रीले मन्त्री साहलाई आजै पदमुक्त गर्ने तयारी गरिरहेको स्रोतको दाबी छ। यस विषयले अहिले राजनीतिक वृत्तमा चासो बढाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया