NIMB Header 2
Nepal Life

“पारदर्शिता नै भ्रष्टाचारविरुद्धको सबैभन्दा शक्तिशाली अस्त्र” शिक्षा मन्त्री पोखरेल

NMB Bank
  • BFIS News
  • 2026 Apr 14 07:39
“पारदर्शिता नै भ्रष्टाचारविरुद्धको सबैभन्दा शक्तिशाली अस्त्र” शिक्षा मन्त्री पोखरेल
United Ajod

काठमाडौं । शिक्षा मन्त्री सुस्मित पोखरेलले पारदर्शितालाई व्यवहारमै लागू गर्नुपर्नेमा जोड दिँदै आफ्ना सम्पत्ति विवरणसमेत पूर्ण रूपमा सार्वजनिक गरेको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

मन्त्री पोखरेलले “पारदर्शिता, पारदर्शिता, पारदर्शिता” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आफूले व्यक्तिगत मात्र नभई पारिवारिक सम्पत्तिसमेत खुलाएर सार्वजनिक गरेको स्पष्ट पारे। त्रिभुवन विश्वविद्यालयअन्तर्गत “सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण” विषयका विद्यार्थीसमेत रहेका उनले भ्रष्टाचार नियन्त्रणका लागि पारदर्शिता नै सबैभन्दा प्रभावकारी उपाय भएको धारणा व्यक्त गरे।

उनका अनुसार, प्राविधिक रूपमा व्यक्तिगत सम्पत्ति मात्र सार्वजनिक गरे पुग्ने भए पनि उनले बुवा, आमा तथा मावली पक्षसम्मका सम्पत्तिहरू समेत खुलाएका छन्। “मेरो मात्र होइन, बुवाको सवारीसाधनसमेत उल्लेख गरेको छु,” उनले भने, “किनभने यी सम्पत्तिहरू इमान्दार मेहनतबाट आर्जित हुन् भन्नेमा मलाई पूर्ण विश्वास छ।”

मन्त्री पोखरेलले आफ्नो पारिवारिक पृष्ठभूमिबारे स्पष्ट पार्दै उनका बुवाले नेपाल राष्ट्र बैंक मा करिब ३० वर्ष सेवा गरी कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेको जानकारी दिए। साथै, उनी अन्तर्राष्ट्रिय मुद्रा कोष, वाशिङ्टन डी.सी.मा कार्यकारी निर्देशकका सल्लाहकारका रूपमा समेत कार्यरत रहेको उल्लेख गरे। उनले बुवाको उच्च नैतिकता र इमान्दारिताले आफूलाई प्रेरित गरेको बताए।

काठमाडौंमा जग्गा खरिदसम्बन्धी प्रश्नमा उनले त्यसबेला आना अनुसारको मूल्य निकै कम रहेको र हाल ती सम्पत्तिको मूल्य ५० गुणाभन्दा बढीले वृद्धि भएको बताए। “यो केवल हाम्रो मात्र होइन, समग्र बजार प्रवृत्तिको परिणाम हो,” उनले भने। पारदर्शितालाई ध्यानमा राख्दै खरिद मूल्य नभई हालको चलनचल्तीको बजार मूल्य नै उल्लेख गरेको उनले स्पष्ट पारे।

आफू विशेष (privileged) पृष्ठभूमिबाट आएको स्वीकार गर्दै उनले व्यक्तिगत रूपमा भने आत्मनिर्भर जीवनयापन गरेको दाबी गरे। “स्नातक दोस्रो वर्षदेखि नै पार्ट टाइम अनलाइन काम सुरु गरेको र चौथो वर्षदेखि फुल टाइम रूपमा काम गरेको हुँ,” उनले भने, “आफ्नै आम्दानीबाट खर्च व्यवस्थापन गरेको छु।” आफ्नो नाममा देखिएको ऋणसमेत बुवा–आमाको सहयोगबिना सवारीसाधन खरिदका लागि लिएको उनले बताए।

PAN नम्बर सार्वजनिक नगरिएको विषयमा उनले व्यक्तिगत सुरक्षाका कारण उक्त विवरण नखुलाइएको स्पष्ट पारे।

मन्त्री पोखरेलले अन्त्यमा पारदर्शिता केवल नारा नभई व्यवहारमा देखिनुपर्नेमा जोड दिँदै आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया