मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त, बैंकिङ क्षेत्रमा अनुभवी व्यक्तित्व
- BFIS News
- 2026 Apr 17 12:15
काठमाडौं । मुक्तिनाथ विकास बैंक ले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा तारा मानन्धरलाई नियुक्त गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले मानन्धरलाई चार वर्षे कार्यकालका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकका कम्पनी सचिव डण्डपानी ढकालका अनुसार हालका सीइओ प्रद्युम्न पोखरेल को कार्यकाल यही वैशाख मसान्तमा सकिँदैछ। त्यसपछि जेठ १ गतेदेखि लागू हुने गरी मानन्धरले सीइओको जिम्मेवारी सम्हाल्नेछन्।
स्याङ्जाको अरिनास गाउँपालिका स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका–३ मा बसोबास गर्दै आएका मानन्धर बैंकिङ क्षेत्रमा अनुभवी व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले नेपाल बंगलादेश बैंक बाट आफ्नो बैंकिङ यात्रा सुरु गरेका थिए। त्यसपछि एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, प्रभु बैंक, प्राइम कमर्शियल बैंक लगायतका विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन्।
मानन्धर हाल डिशहोम मिडिया नेटवर्क का सीइओको रूपमा कार्यरत छन्। यसअघि उनी मुक्तिनाथ विकास बैंकमै डेपुटी सीइओका रूपमा समेत कार्यरत थिए। बैंकले नयाँ नेतृत्वमार्फत संस्थाको रणनीतिक विस्तार र सेवा सुदृढीकरणमा थप गति आउने विश्वास व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया