NIMB Header 2
Nepal Life

मध्यपूर्व शान्ति प्रयासमा पाकिस्तान सक्रिय, सेना प्रमुखको तेहरान भ्रमण

IME LIFE
  • BFIS News
  • 2026 Apr 18 17:53
मध्यपूर्व शान्ति प्रयासमा पाकिस्तान सक्रिय, सेना प्रमुखको तेहरान भ्रमण
United Ajod

इस्लामावाद, वैशाख ५ गते  पाकिस्तानका सेना प्रमुख असिम मुनिर ले मध्यपूर्वमा जारी तनाव अन्त्यका लागि कूटनीतिक पहललाई तीव्र बनाउँदै तेहरान को भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले इरान का राष्ट्रपति, विदेशमन्त्री, सभामुख तथा केन्द्रीय सैन्य नेतृत्वसँग भेटवार्ता गरेका छन्।

Nepal Life
NIMB

पाकिस्तानी सेना का अनुसार यो भ्रमणले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धि प्रवर्द्धनका लागि पाकिस्तानको मध्यस्थ भूमिकालाई सुदृढ बनाउने उद्देश्य राखेको छ। आगामी दिनमा इस्लामावाद मा अपेक्षित संयुक्त राज्य अमेरिका–इरान वार्ताअघि भएको यस पहलले समाधानको सहजीकरणप्रति दृढ प्रतिबद्धता देखाएको जनाइएको छ।

यसअघि मोहम्मद बाघर गालिबाफ र अब्बास अराघची को नेतृत्वमा इरानी प्रतिनिधिमण्डल शान्ति वार्ताका लागि इस्लामावाद पुगेको थियो। पहिलो चरणको वार्ता ठोस सहमति बिना टुंगिए पनि त्यसले कूटनीतिक संवादलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएको थियो।

पछिल्ला दिनहरूमा पाकिस्तान का प्रधानमन्त्रीले साउदी अरेबिया, कतार र टर्की को भ्रमण गर्दै शान्ति प्रक्रियालाई अगाडि बढाउने प्रयास गरेका छन्। ती पहलका आधारमा आगामी हप्ता इस्लामावादमा दोस्रो चरणको वार्ता हुने सम्भावना बढेको बताइएको छ।

तेहरानमा भएको भेटवार्तामा सेना प्रमुख मुनिरले संवाद, तनाव न्यूनीकरण र थाँती रहेका विवादहरूको शान्तिपूर्ण समाधानका लागि कूटनीतिक उपायहरू अपरिहार्य रहेकोमा जोड दिएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया