NIMB Header 2
Nepal Life

ताप्लेजुङ बर्ड फ्लु मुक्त घोषणा अभियान सुरु, पसलहरूमा परीक्षण गर्दा संक्रमण भेटिएन

IME LIFE
  • BFIS News
  • 2026 Apr 18 19:13
ताप्लेजुङ बर्ड फ्लु मुक्त घोषणा अभियान सुरु, पसलहरूमा परीक्षण गर्दा संक्रमण भेटिएन
United Ajod

फुङलिङ, वैशाख ५ गते — ताप्लेजुङ जिल्लालाई बर्ड फ्लु मुक्त बनाउने अभियान सुरु गरिएको छ। अभियानको पहिलो दिन शनिबार सदरमुकाम फुङलिङका पंक्षीजन्य मासु पसलहरूमा नमुना परीक्षण गरिएको हो।

 

Nepal Life
NIMB

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङ का अनुसार सदरमुकामका १८ वटा पसलबाट नमुना सङ्कलन गरी गरिएको स्क्रिनिङ परीक्षणमा कुनै पनि प्रकारको बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) भाइरस फेला परेको छैन।

सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई को संयोजकत्वमा गरिएको परीक्षणमा एभियन इन्फ्लुएन्जा भाइरस एन्टिजेन जाँच गरिएको थियो। परीक्षणमा संक्रमण नदेखिएपछि थप पुष्टि परीक्षणका लागि जिल्ला बाहिर पठाउनुपर्ने अवस्था नआएको केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख डा. रोशन दाहाल का अनुसार हाल जिल्लामा बर्ड फ्लु संक्रमण नभएको पुष्टि भए पनि सतर्कता अपनाउनुपर्ने आवश्यकता छ। उनले व्यवसायी र उपभोक्तालाई सुरक्षित व्यवहार अपनाउन आग्रह गरेका छन्।

यसअघि बसेको बर्ड फ्लु रोकथाम तथा नियन्त्रण समितिको बैठकले जिल्लामा अनुगमन, नमुना सङ्कलन तथा चेकजाँचलाई कडाइ गर्ने निर्णय गरेको थियो। साथै झापा, मोरङ, सुनसरी लगायत बर्ड फ्लु प्रभावित जिल्लाबाट पंक्षी तथा पंक्षीजन्य सामग्री ल्याउन रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ का प्रमुख जिल्ला अधिकारी शिवराज सेँढाई को अध्यक्षतामा बसेको बैठकले जिल्लामा भित्रिने मालबाहक सवारी साधनहरूलाई चेकपोष्टमा कडाइका साथ जाँच गर्ने निर्णय समेत गरेको छ। निषेधित सामग्री फेला परे नियन्त्रणमा लिई नष्ट गर्ने तयारी गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया