Nepal Life

नेपाल लाइफ क्यापिटलद्वारा मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

National Life
  • BFIS News
  • 2023 Oct Tue 17:35
नेपाल लाइफ क्यापिटलद्वारा मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
RBB

काठमाडौं । नेपाल लाइफ क्यापिटलले “उज्वल भविष्यका लागि आजै लगानी” भन्ने नारा सहित मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

NIMB

शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायका साथ  नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा मधेश प्रदेशको जनकपुरमा “लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन” विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

क्यापिटलले यहि असोज १९ गते मसला, कटेज– जनकपुरधाम, जनकपुरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका गरी १०८ व्यक्तिहरुको सहभागिता थियो । नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नविन बाँस्कोटाले लगानीका क्षेत्र र शेयर बजारको महत्व बारे प्रकाश पारेका थिए । उनले निम्न आय भएका व्यक्तिले शेयर बजारमा कसरी पहुँच पुर्याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिए ।

त्यसैगरी कोष प्रबन्धक नवराज सिलवालले “लगानीका आधारभूत कुरा, धितोपत्र बजार र जोखिम व्यवस्थापन” विषयमा  प्रस्तुतिकरण दिएका थिए । उनले शेयर बजारको महत्व, यसले कसरी काम गर्छ र लगानीका थप क्षेत्रहरू के हुन् भन्ने बारेमा सर्वसाधारणमा साक्षरता ल्याउने कुरामा जोड दिएका थिए ।

उनले धितोपत्र बजारमा हुने जोखिम,  बजारमा लगानीलाई कसरी पृथकीकरण गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा थप  जानकारी दिए । कार्यक्रमको बिचमा प्रश्न उत्तर सत्र भएको थियो । नेपाल लाइफ क्यापिटलका अधिकृत विज्ञान नेपालले एक–एक गरी सहभागीहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

यसबाहेक, उनले सहभागीहरुलाई डिम्याट, ब्रोकर, सेयर बजार र जोखिम विश्लेषणको बारेमा जानकारी प्रदान गरेका थिए ।सर्वेक्षणबाट करिब ७० प्रतिशत सहभागीहरु आईपीओ  आवेदनका लागि प्राइमरी मार्केटमा संलग्न रहे पनि शेयर बजारमा करिब ३० प्रतिशत मात्रै सक्रिय रहेको पाइएको थियो । करिब ३० प्रतिशत आईपीओ होल्डरलाई आईपीओ सेयर बेच्ने वा दोस्रो बजारमा थप सेयर कसरी किन्ने बारे जानकारी नरहेको पाईयो । प्रस्तुतीकरण र प्रश्न उत्तर सत्रपछि अतिथिहरूले मन्तव्य समेत दिएका थिए । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया