NIMB Header 2
Nepal Life

महोत्तरीमा गर्मी बढेसँगै उखुको जुस व्यवसाय फस्टाउँदै

IME LIFE
  • BFIS News
  • 2026 Apr 19 17:35
महोत्तरीमा गर्मी बढेसँगै उखुको जुस व्यवसाय फस्टाउँदै
United Ajod

गौशाला (महोत्तरी), वैशाख ६ गते । गौशाला लगायत तराई–मधेश क्षेत्रमा गर्मी बढ्दै जाँदा उखुको जुसको व्यवसाय फस्टाउन थालेको छ । तापक्रम वृद्धि भएसँगै बजारमा जुस पिउने उपभोक्ताको संख्या उल्लेख्य रूपमा बढेको छ ।

 

Nepal Life
NIMB

बढ्दो मागका कारण उखु उत्पादक किसानसँगै साना व्यवसायीहरू पनि उत्साहित भएका छन् । हाते मेसिनमार्फत जुस बनाउँदै जीविकोपार्जन गर्ने व्यवसायीहरूको आम्दानीमा समेत सुधार देखिएको छ ।

विगत ५–६ वर्षदेखि जुस बेच्दै आउनुभएका रमेश महतो का अनुसार पछिल्ला दिनमा बिहानैदेखि उपभोक्ताको चाप बढ्न थालेको छ । उहाँका अनुसार यो व्यवसायबाट प्रत्येक सिजनमा खर्च कटाएर करिब ७० हजारदेखि ९० हजार रुपैयाँसम्म बचत हुने गरेको छ ।

त्यस्तै अर्का व्यवसायी सोनफी साह ले पनि यही आम्दानीबाट घरपरिवार धान्नुका साथै छोराछोरीको शिक्षामा लगानी गर्न सफल भएको बताउनुभयो ।

गौशाला नगरपालिकाभित्र मात्रै १० भन्दा बढी व्यवसायी हाते मेसिनबाट उखु पेलेर जुस बेच्ने काममा संलग्न रहेको अनुमान गरिएको छ । हाल एक गिलास जुसको मूल्य ३० रुपैयाँ रहेको छ भने दैनिक आम्दानी १,५०० देखि २,००० रुपैयाँसम्म हुने गरेको व्यवसायीहरूको भनाइ छ ।

उखुको जुस स्वास्थ्यका हिसाबले पनि लाभदायक मानिन्छ । पेटको गर्मी घटाउने, जन्डिस, कलेजोसम्बन्धी समस्या तथा पिसाब पोल्ने समस्या कम गर्न सहयोग पुग्ने जनविश्वासका कारण यसको माग वर्षेनि बढ्दै गएको छ ।

स्थानीय निरञ्जन साह का अनुसार गर्मीयाममा नियमित रूपमा उखुको जुस सेवन गर्दा शरीरलाई राहत मिल्ने अनुभव गरिएको छ ।

यस वर्ष तराई क्षेत्रमा तापक्रम उल्लेख्य रूपमा बढेको छ । चैतको दोस्रो सातातिर २४ डिग्री सेल्सियस रहेको तापक्रम वैशाखको पहिलो सातामै बढेर करिब २७.४ डिग्री सेल्सियस पुगेको छ । बर्दिवास लगायत क्षेत्रमा गर्मीको प्रभाव स्पष्ट देखिएको छ ।

यद्यपि सडक छेउमै खुला स्थानमा बसेर व्यापार गर्नुपर्ने भएकाले व्यवसायीहरूले धूलो र चर्को घामको समस्या झेल्नुपरेको छ । घरभाडा नलाग्ने भए पनि काम गर्ने वातावरण सहज नभएको उनीहरूको गुनासो छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया