Nepal Life

गरिमा विकास बैंकले त्रिवेणी, हिमालयन र धौलागिरी क्याम्पसमा सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Wed 04:13
गरिमा विकास बैंकले त्रिवेणी, हिमालयन र धौलागिरी क्याम्पसमा सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंकले पश्चिमका तीन क्याम्पसमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय जागरुकता सम्बन्धी जानकारी विद्यालय स्तरबाट नै सुरु हुनुपर्दछ भन्ने अभिप्रायका साथ कास्की, पर्वत र बागलुङ जिल्लाका क्याम्पसहरुमा बृहत् वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।

NIMB

पोखराको त्रिवेणी इन्टरनेशनल कलेज, कुस्माको हिमालय उच्च माध्यमिक विद्यालय र बागलुङको धौलागिरि बहुमुखी क्याम्पसका विद्यार्थी र शिक्षकहरु उक्त कार्यक्रमबाट लाभान्वित भएका छन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको उपस्थिति थियो । प्रमुख कार्यकारी अधिकृत ढकालले विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै सर्वप्रथम विद्यार्थीहरु आफैं वित्तीय साक्षरता बारे राम्रोसँग बुझ्नुपर्ने र आफ्ना अभिभावकहरुलाई पनि बुझाउनुपर्ने बताएका छन् । साथै, विद्यार्थीहरुमा नयाँ कुरा सिक्ने उत्सुकता हुने भएकोले वित्तीय चेतनाबारे खुलेर जिज्ञासा राख्न समेत अनुरोध गरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया