NIMB Header 2
Nepal Life

बनेपाका कन्स्ट्रक्सन प्रोप्राइटरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

IME LIFE
  • BFIS News
  • 2026 Apr 20 22:20
बनेपाका कन्स्ट्रक्सन प्रोप्राइटरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
United Ajod

काठमाडौँ, वैशाख ७ गते । काभ्रेको बनेपा नगरपालिका–३ का हिमाल तराई कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर राजमान तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

 

Nepal Life
NIMB

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीविरुद्ध विशेष अदालतमा दायर गरिएको मुद्दामा चन्द्रबहादुर अधिकारीसमेत संलग्न रहेको घुस प्रकरणमा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

आयोगका अनुसार नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका तत्कालीन अध्यक्ष अधिकारीले सेवाग्राही तामाङलाई बैंकबाट ऋण मिलाइदिन सहजीकरण गर्ने क्रममा घुसबापत पाँच लाख रुपैयाँ माग गरी लिन–दिन सहमति भएको पाइएको छ ।

सेवाग्राही तामाङबाट लिइएको उक्त रकम सम्बन्धित चेक अधिकारीको घरबाट बरामद भएको र सोही रकममार्फत अनियमित लाभ लिने प्रयास भएको पुष्टि भएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुरमा पाँच लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजायको मागसहित सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया