Nepal Life

निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईको नेतृत्वमा तीन सदस्यीय टोली अमेरिका प्रस्थान

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Wed 04:40
निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईको नेतृत्वमा तीन सदस्यीय टोली अमेरिका प्रस्थान
Sanima Reliance

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ३ सदस्यीय टोली मंगलबार मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान गरेको छ । अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म संचालन हुने ‘International Association of Chief of Police Conference ’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन उक्त टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

NIMB

उक्त टोलीमा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईका साथै प्रहरी नायव महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित छन् । उनिहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित विदाइ गरेका छन् । 

United States Department of Justice International Criminal Investigative Training Assistance Program द्वारा आयोजित उक्त कार्यक्रममा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिस सम्बन्धका भावी योजना, समुदाय प्रहरी साझेदारी अवधारणा अनुरूप मानव बेचबिखनका पीडितको सशक्तिकरण र विश्वास अभिवृद्धि गर्ने तथा Artificial Intelligence and policing लगायत विविध विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया