Nepal Life

जर्मनीसँग श्रम सम्झौता, नि:शुल्क जान पाइने : जर्मनी भाषा अनिवार्य

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Wed 04:54
जर्मनीसँग श्रम सम्झौता, नि:शुल्क जान पाइने : जर्मनी भाषा अनिवार्य
Sanima Reliance

काठमाडौं । युरोपेली मुलुक बेलायत र रोमानियापछि नेपालले जर्मनीसँग मंगलबार श्रम सम्झौता गरेको छ । नेपाल  र  जर्मनीले जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा दक्ष श्रम कामदार पठाउने गरी मंगलबार श्रम सम्झौता गरेका हुन् ।

NIMB

श्रममन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मन संघीय रोजगार निकायका अन्तर्राष्ट्रिय मामिलाका निर्देशक माइकल भान डेर क्यामेनले आ-आफ्नो सरकारको तर्फबाट श्रम समझदारीमा हस्ताक्षर गरेका छन् । 

श्रममन्त्री भण्डारी र जर्मनीकी राज्य सचिव (उपमन्त्री) लियोनी गेबर्सको उपस्थितीमा जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा हस्ताक्षर गर्नुअघि मन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल र गेबर्सको नेतृत्वमा रहेको उच्चस्तरीय जर्मन प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो । 

सो अवसरमा दुई प्रतिनिधिमण्डलका नेताहरूले मुख्यतस् नेपाल–जर्मनी द्विपक्षीय सम्बन्ध, दक्ष श्रम आप्रवासन, कानुनी आप्रवासन प्रति नेपालको प्रतिबद्धता, श्रमिकको हित तथा सामाजिक सुरक्षा, जर्मन भाषा तथा व्यावसायिक तालिम र सर्कुलर माइग्रेसनलगायत विषयमा विचार आदान प्रदान गरेका थिए । 

दुबै पक्षले हस्ताक्षर भएसँगै अब श्रम क्षेत्रमा रोडम्यापको पहिलो चरण सुरू भएको बताएका छन् नेपालबाट जर्मनीमा निष्पक्ष र कानुनी श्रम आप्रवासनका लागि मन्त्री भण्डारीले मित्र राष्ट्र जर्मनी सरकारसँग सबै क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए ।

सम्झौताअन्सार नेपालबाट जर्मनीले प्रशिक्षार्थी  श्रमिक लैजानेछ । जसमा नेपाली श्रमिकहरुलाई जर्मनीले एक वर्ष व्यवसायिक तालिम प्रदान गरी सम्बन्धितक्षेत्रमा रोजगारी उपलब्ध गराउनेछ ।

जर्मनीसँग भएको सम्झौताअनुसार नेपाली श्रमिक निःशुल्क जान पाउनेछन् । जाने खर्चदेखि रोजगारीमा रहेको बेलाको खाने, बस्ने निःशुल्क हुने उनको भनाइ छ । साथै, मासिक आम्दानी पनि राम्रो हुनेछ । मन्त्रालयले उक्त रोजगारीबाट धेरै नेपाली लाभान्वित हुने अनुमान गरेको छ ।

रोजगारीमा जानका लागि भने विभिन्न परीक्षा लिइ पठाउने सरकारको तयारी छ । त्यसका लागि जर्मनी भाषामा अनिवार्य  दक्ष हुनुपर्नेछ । त्यसबाहेकको अन्य योग्यता सम्झौता भई प्रक्रियामा गइसकेपछि प्रष्ट हुनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया