NIMB Header 2
Nepal Life

‍बीमा अभिकर्ता संघ नेपाल लाइफ बुटवल शाखाको छैटौँ अधिवेशन सम्पन्न, पौडेलको अध्यक्षतामा कार्यसमिति

IME LIFE
  • BFIS News
  • 2026 Apr 21 22:01
‍बीमा अभिकर्ता संघ नेपाल लाइफ बुटवल शाखाको छैटौँ अधिवेशन सम्पन्न, पौडेलको अध्यक्षतामा कार्यसमिति
United Ajod

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल, शाखा समिति बुटवलको छैटौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले राधिका पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

Nepal Life
NIMB

अधिवेशनमा संघका केन्द्रीय उपाध्यक्ष देवी प्रसाद शर्मा जैसी, केन्द्रीय सदस्य ज्ञान प्रसाद पौडेल, विमक समिति अध्यक्ष गणेश अधिकारी, उपाध्यक्ष रेशम सिंह ठकुरी, सह–सचिव यदुनन्द भण्डारी, निर्वाचन मण्डलका अध्यक्ष अधिवक्ता कृष्ण प्रसाद पाण्डे लगायत विभिन्न पदाधिकारी तथा अतिथिहरूको उपस्थिति रहेको थियो। साथै, निवर्तमान अध्यक्ष नारायण भक्त पाण्डे सहित निवर्तमान कार्यसमितिका पदाधिकारी र प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नवनिर्वाचित अध्यक्ष राधिका पौडेलले अधिवेशन सफलतापूर्वक सम्पन्न गराई आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकोमा सम्पूर्ण प्रतिनिधि, अतिथि तथा सदस्यहरूलाई धन्यवाद तथा आभार व्यक्त गरिन्। उनले आफ्नो कार्यकालमा पेशागत हकहितको संरक्षण र संस्थागत विकासका लागि मन, वचन र कर्मले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नयाँ कार्यसमितिमा कृष्ण राम आले उपाध्यक्ष, वालकृष्ण जैसी सचिव, यकराज पाण्डे सह–सचिव र पार्वती कार्की कोषाध्यक्ष चयन भएका छन्। यसैगरी सदस्यहरूमा बिजय ढकाल, विष्णमाया भण्डारी, भवानी रिजाल, लक्ष्मी पराजुली पौडेल, आरती मल्ल, ठमी थापा, माया क्षेत्री, लिल प्रसाद श्रेष्ठ, मनी थापा र सोभा थापा रहेका छन्।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सर्वसम्मत रूपमा चयन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। अधिवेशनले संघलाई सबै सदस्यहरूको साझा चौतारीका रूपमा विकास गर्दै अघि बढाउने प्रतिबद्धता समेत जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया