NIMB Header 2
Nepal Life

मञ्जुश्री फाइनान्सको नाफामा २८% वृद्धि, ९ महिनामा २१.८९ करोड आम्दानी

IME LIFE
  • BFIS News
  • 2026 Apr 22 10:38
मञ्जुश्री फाइनान्सको नाफामा २८% वृद्धि, ९ महिनामा २१.८९ करोड आम्दानी
United Ajod

काठमाडौ । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

Nepal Life
NIMB

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा फाइनान्सले १७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

फाइनान्सको नाफा वृद्धि हुनुमा खुद ब्याज आम्दानीमा भएको वृद्धि तथा इम्पेरमेन्ट चार्जमा आएको कमी प्रमुख कारणका रूपमा देखिएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १०.२४ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि २.९५ प्रतिशतले उकालो लागेको छ।

त्यसैगरी, कुल सञ्चालन आम्दानी १०.१५ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा १०.२९ प्रतिशतले वृद्धि भएको छ। इम्पेरमेन्ट चार्ज भने घटेर १४ करोड ५४ लाख रुपैयाँबाट ११ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।

चैत मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ३० करोड ५४ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १३ पैसा कायम भएको छ।

नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा यस्तो आम्दानी ४ रुपैयाँ ७१ पैसाले बढेर २१ रुपैयाँ ६० पैसा पुगेको छ। सो अवधिसम्ममा मूल्य आम्दानी अनुपात ३८.८४ गुणा र प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २० पैसा रहेको छ।

१ अर्ब ३५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा १ अर्ब ११ करोड ९ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा फाइनान्सले २२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया