Nepal Life

लक्ष्मी सनराइज बैंकले ल्यायो दसैं योजना, क्यासब्याकको विशेष अफर

NMB Bank
  • BFIS News
  • 2023 Oct 11 13:53
लक्ष्मी सनराइज बैंकले ल्यायो दसैं योजना, क्यासब्याकको विशेष अफर
National Life

काठमाडौं । दसैंलाई लक्षित गरी लक्ष्मी सनराइज बैंकले 'दसैं आयो' योजना ल्याएको छ। दसैंको उपलक्ष्यमा अझ उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको बैंकको भनाइ छ।

Shikhar
NIMB

असोज १८ देखि कात्तिक ३० गतेसम्म लागू हुने योजना अन्तर्गत लक्ष्मी बैंकको मोबाइल मनी, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ।

परम्परागत रूपमा दसैंमा गरिने गतिविधीहरूलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खान–पिन, भ्रमण, शपिङ तथा रमाइलोलाई ध्यानमा राखी यो योजना ल्याइएको हो।

पहिलो अफर 'घुम्न जाउँला' मा बैंकको मोबाइल मनी प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः २५० र ५०० रुपैयाँको क्यासब्याक पाउन सकिनेछ। 

यो अफर असोज १८ गतेदेखि कात्तिक ९ गतेसम्म लागू हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनीमार्फत् टिकट काट्नुका साथै यो अवधिभित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ।

अर्को अफर 'शपिङ गरौँला' मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा १००० रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ। यो योजना असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म लागू रहनेछ।

यसैगरी 'खाउँला पिउँला' योजनामा असोज् २८ गतेदेखि कात्तिक १२ गतेसम्म फुडमान्डु एपबाट अर्डर गरी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल मनीबाट अनलाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ।

यसै अफर अन्तर्गत केएफसी तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्डको ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म क्यासब्याक पाइनेछ।

‘रमाईलो गरौँला’ अफर अन्तर्गत क्युएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल मनीमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागू हुनेछ।

र, क्यासब्याक अफरहरु बाहेक असोज २५ गतेदेखि कात्तिक २५ गतेसम्म विदेशबाट रेमिटेन्स पठाउँदा ५०१ रुपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ। यो योजना ‘मेरो भूमि’ रेमिटेन्स खातावाला ग्राहकहरूका लागि ५० हजार रुपैयाँभन्दा बढी रेमिटेन्स पठाउँदा मात्र मान्य हुनेछ। सबै योजनाहरूमा क्यासब्याक अफर सकिएपछि प्रदान गरिने बैंकको भनाइ छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया