Nepal Life

ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड क्लाइमेट फन्डको ऋण लिँदै, स्वच्छ ऊर्जामा लगानी गर्ने

NMB Bank
  • BFIS News
  • 2023 Oct 11 13:58
ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड क्लाइमेट फन्डको ऋण लिँदै,  स्वच्छ ऊर्जामा लगानी गर्ने
National Life

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल क्लाइमेट पार्टनरशिप फन्ड (जिसिपिएफ), लक्जम्बर्गबाट ३ अर्ब ३० करोड रुपैयाँ (२५ मिलियन अमेरिकी डलर) ऋण लिने भएको छ।

Shikhar
NIMB

दुई पक्षबीच यससम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ। उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई ऊर्जा दक्षता प्रवर्द्धन गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्नेछ। 

जिसिपिएफले जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले नेपालमा पहिलो पटक ग्लोबल आइएमई बैंकलाई ऋण प्रदान गरेको हो। 

वातावरण संरक्षणमा यसको महत्वपूर्ण वित्तीय भूमिका रहने विश्वास गरिएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विश्वका विभिन्न २७ विकासोन्मुख तथा उदीयमान राष्ट्रहरूमा जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको जिसिपिएफसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र ऊर्जा क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न, ऊर्जा क्षेत्रमा प्रभावकारीता एवम् दक्षता वृद्धि गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सुविधा उपलब्ध गराउन यस क्लाइमेट फन्डले महत्वपूर्ण सहयोग पुर्‍याउने दुवै पक्षले विश्वास लिएको छ।

बैंकले ३५० शाखा, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया