NIMB Header 2
Nepal Life

स्थितिपत्र मार्फत बीमा क्षेत्रमा कमजोरी उजागर, सुधारका लागि अर्थमन्त्रीको आह्वान

NMB Bank
  • BFIS News
  • 2026 Apr 27 19:43
स्थितिपत्र मार्फत बीमा क्षेत्रमा कमजोरी उजागर, सुधारका लागि अर्थमन्त्रीको आह्वान
United Ajod

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको लगानीमा स्थापना भएका बीमा कम्पनीहरूको संस्थागत क्षमता अपेक्षाकृत कमजोर रहेको बताएका छन्। उनले स्थितिपत्र मार्फत बीमा क्षेत्रको समग्र सुधारका लागि नियमन प्रणालीमा व्यापक परिवर्तन आवश्यक रहेकोमा जोड दिए।

Shikhar
Nepal Life
NIMB

उनका अनुसार बीमा व्यवसायको प्रभावकारी सञ्चालनका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणको क्षमता सुदृढ बनाउनु अपरिहार्य छ। उनले प्राधिकरणको नियमन क्षमतामा कमजोरी रहेको संकेत गर्दै यसमा सुधार नगरी बीमा क्षेत्रलाई सुदृढ बनाउन कठिन हुने बताए।

नेपालमा पछिल्लो समय बीमा सेवाको दायरा विस्तार हुँदै गएको छ। हाल देशभर १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा र २ पुनर्बीमा कम्पनी गरी कुल ३७ बीमा कम्पनी सञ्चालनमा छन्। २०८२ फागुनसम्म बीमा पहुँच ४९.९२ प्रतिशत पुगेको तथ्यांकले देखाउँछ।

अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको दिगो विकासका लागि दुई मुख्य पक्षमा ध्यान दिनुपर्ने उल्लेख गरे। पहिलो, कृत्रिम बीमा दाबी र भुक्तानीको अभ्यासलाई नियन्त्रण गर्न कडा नियमन आवश्यक छ। दोस्रो, बीमा सेवाको पहुँच विस्तार गर्दै जोखिम व्यवस्थापन र दीर्घकालीन पुँजी परिचालनमा बीमा क्षेत्रको भूमिका बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

उनले बीमा क्षेत्रलाई पारदर्शी, विश्वासिलो र प्रतिस्पर्धी बनाउन संरचनात्मक सुधारको खाँचो औंल्याउँदै सरकार त्यसतर्फ अग्रसर रहने संकेत दिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया