NIMB Header 2
Nepal Life

मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले वृद्धि, इम्पेरमेन्ट चार्ज घट्दा सुधार

NMB Bank
  • BFIS News
  • 2026 Apr 28 11:31
मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले वृद्धि, इम्पेरमेन्ट चार्ज घट्दा सुधार
United Ajod

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले समीक्षा अवधिमा उल्लेख्य रूपमा नाफा वृद्धि गर्न सफल भएको छ।

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले ९४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.०४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले ७२ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको इम्पेरमेन्ट चार्ज घट्नु नाफा वृद्धिको प्रमुख कारण बनेको छ। समीक्षा अवधिमा इम्पेरमेन्ट चार्ज १ अर्ब २३ करोड ३८ लाख रुपैयाँबाट घटेर ९२ करोड ५७ लाख रुपैयाँमा झरेको छ। यसले सञ्चालन मुनाफा र खुद नाफा दुवैमा सकारात्मक प्रभाव पारेको बैंकले जनाएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.८७ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.९७ प्रतिशतले घटेको छ। यस्तै, कुल सञ्चालन आम्दानी ४.६७ प्रतिशतले वृद्धि हुँदा सञ्चालन मुनाफा ३१.०४ प्रतिशतले बढेको छ।

चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ८९ लाख रुपैयाँ रहेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा कायम भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि बढेको छ। समीक्षा अवधिमा EPS २ रुपैयाँले बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ। यस अवधिमा बैंकको मूल्य–आम्दानी अनुपात (P/E Ratio) २४.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ९ पैसा कायम भएको छ।

८ अर्ब ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ४० करोड ७६ लाख रुपैयाँ सञ्चित रहेको छ। तेस्रो त्रैमासको अन्त्यसम्म बैंकले १ खर्ब १८ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया