NIMB Header 2
Nepal Life

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला, वैशाख २१ अन्तिम म्याद

IME LIFE
  • BFIS News
  • 2026 Apr 28 11:39
धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला, वैशाख २१ अन्तिम म्याद
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ। सरकारले सार्वजनिक सूचना जारी गर्दै योग्य तथा इच्छुक व्यक्तिहरूसँग दरखास्त आह्वान गरेको हो।

Nepal Life
NIMB

सूचना अनुसार, इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र आवश्यक कागजातसहित व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ। आवेदन दिन चाहनेहरूले वैशाख २१ गतेभित्र अर्थ मन्त्रालय अन्तर्गतको सम्बन्धित महाशाखामा रहेको समितिको सचिवालयमा दरखास्त बुझाउनुपर्ने उल्लेख गरिएको छ।

धितोपत्र बोर्डको अध्यक्ष पद गत वैशाख ४ गतेदेखि रिक्त रहँदै आएको छ। तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठ ले पदबाट राजीनामा दिएपछि उक्त पद खाली भएको हो। उनलाई २०८१ मंसिर १० गते अध्यक्षमा नियुक्त गरिएको थियो।

प्राप्त दरखास्तहरूको अध्ययन तथा मूल्याङ्कनपछि सिफारिस समितिले योग्य उम्मेदवार छनोट गरी सरकारसमक्ष सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्दै धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया