Nepal Life

प्लास्टिकका माला निषेध गरी फुलखेती गर्न सिकाएका धनगढीका मेयरले दिए सजावटको तालिम

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Wed 16:00
प्लास्टिकका माला निषेध गरी फुलखेती गर्न सिकाएका धनगढीका मेयरले दिए सजावटको तालिम
Sanima Reliance

काठमाडौं । प्लाष्टिकका माला निषेध गरेर किसानलाई फुल खेती सम्बन्धी तालिम दिएको धनगढी-उपहानगरले किसानलाई फुल सजावटको तालिम सञ्चालन गरेको छ । उप महानगरले पहिलो चरणमा किसानले गएकोजेष्ठ २२ गतेदेखि जेष्ठ २८ गतेसम्म फुखेती सम्बन्धी तालिम दिएको थियो ।

NIMB

तालिम लिएका किसानहरूले फुल उत्पादन गरि बजारमा बिक्रीकालागि ल्याए पछि दोस्रो चरणको तालिम सञ्चालन गरिएको उम महानगरका मेयर गोपाल हमालले जानकारी दिएका छन् । प्लास्टिकबाट हुने वातावरणीय प्रदुषण रोक्न, स्वदेशी उत्पादनलाई प्राथमिकता दिई विदेश रकम जान नदिन, ताजा र पहिलो प्रयोग गर्न मिल्ने र संस्कार र संस्कृतिले शुद्ध मान्ने फुलको माला प्रयोग गर्न उनले आह्वान समेत गरेका छन् ।

फुल खेती तालिम लिएका किसानहरूलाई बिहेका गाडी तथा अन्य गाडी सजाउने कार्य, फुलको बुके बनाउने र कार्यक्रमहरूमा सजावटका कार्य गर्न सिकाउन दोस्रो चरणको तालिम यहि असोज २१ गतेदेखि असोज २६ गतेसम्म संचालन भइ रहेको उनले जानकारी दिएका छन् । फुलका माला/फुल आवश्यक भएमा तालिम लिई फुल खेती गरिरहेका किसान स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न उनले सबैलाई अनुरोध गर्नुका साथै प्लास्टिकका फुलबाट हुने वातावरणी प्रदुषणबाट बचौ र बचाउ भन्ने अभियान नै सुरु गरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया