Nepal Life

सिटिजन बैंकका सिइओ पोखरेलको वार्षिक तलब सुविधा एक करोड ९७ लाख, कर कटाएर हाता लाग्यो एक करोड १४ लाख

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Wed 17:46
सिटिजन बैंकका सिइओ पोखरेलको वार्षिक तलब सुविधा एक करोड ९७ लाख, कर कटाएर हाता लाग्यो एक करोड १४ लाख
Sanima Reliance

काठमाडौं । सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले एक वर्षमा एक करोड ९७ लाख रुपैयाँ पारिश्रमीक तथा भत्ता बुझेका छन् । उनले गत आर्थिक वर्ष २०७९/८० मा तलब बापत कुल ८४ लाख रुपैयाँ प्राप्त गरेका छन् भने बैंकले उनलाई ५४ लाख रुपैयाँ भत्ता प्रदान गरेको छ ।

NIMB

उनले दशै भत्ता बापत ११ लाख ५० हजार रुपैयाँ बुझेका छन् । दशै भत्ता बापत एक महिनाको तलब पाउने व्यवस्था छ । यस हिसावले पोखरेलको एक महिनाको तलव पनि ११ लाख ५० हजार रहेको छ । उनलाई बैंकले सञ्चयोकोषमा ८ लाख ४० हजार रुपैयाँ जम्मा गरिदिएको छ । यस बाहेक अन्य ३९ लाख ९६ हजार रुपैयाँ बुझेका छन् । यसरी कुल एक करोड ९७ लाख रुपैयाँको पारिश्रमिक तथा भत्ता बुझ्दा उनले नेपाल सरकारलाई मात्रै ८२ लाख ६६ हजार ५५० रुपैयाँ कर बुझाएका छन् । यसरी सरकारलाई कर बुझाएर उनको आफ्नो हातमा भने जम्मा एक करोड १४ लाख रुपैयाँ मात्रै परेको छ ।

बैंकका अन्य उच्च स्तरका पदाधिकारीहरुले पनि गत आर्थिक वर्षमा ३ करोड ७८ लाख रुपैयाँ बुझेका छन् । उनिहरुले पनि सरकारलाई एक करोड १५ लाख रुपैयाँ कर तिरेका छन् । कर तिरेर उनिहरुको हातमा भने जम्मा २ करोड ६२ लाख रुपैया मात्रै परेको छ ।

प्रमुख कार्यकारी अधिकृतलाई चालक, इन्धन र मर्मत संभार सहित सवारी साधनको व्यवस्था गरिएको छ । त्यसै गरि वरिष्ठ प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत र अन्य कार्यकारी तहका कर्मचारीहरुलाई नियमानुसार इन्धन सहित सवारी साधन सुविधा उपलब्ध गराइएको बैंकले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृतलाई उपदान तथा सञ्चित बिदा वापतको रकम स्वीकृत अवकाश कोष नागरीक लगानी कोषबाट भुक्तानी गरिएको छ । प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका सम्पूर्ण कर्मचारीहरूलाई बैंकको कर्मचारी विनियमावली अनुसार दुर्घटना बीमा, औषधोपचार बीमाको व्यवस्था गरिएको छ । साथै निजका आश्रित परिवारका लागि समेत औषधोपचार बीमा गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत लगायत कार्यकारी तहका सम्पूर्ण अधिकृतहरूलाई बैंकको कर्मचारी सेवा विनियमावली अनुसार मोबाईल फोन वापतको खर्च तथा अन्य सुविधा प्रदान गरिएको छ । बैंकका अध्यक्षलाई कार्यालय प्रयोजनको लागि सवारी साधन सुविधा प्रदान गरिएको छ ।  सञ्चालक समितिका पदाधिकारीहरुले गत वर्ष बैठक भत्ता बापत २० लाख ४४ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया