Nepal Life

यि हुन् सिटिजन बैंकका सर्वाधिक १० ठुला लगानीकर्ता, २६ जनाको हातमा २७ प्रतिशत शेयर

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Wed 18:19
यि हुन् सिटिजन बैंकका सर्वाधिक १० ठुला लगानीकर्ता, २६ जनाको हातमा २७ प्रतिशत शेयर
Sanima Reliance

काठमाडौं । सिटिजन बैंकमा एक प्रतिशत भन्दा धेरै शेयर स्वामित्व भएका आधारभुत शेयरधनीको संख्या १० जना रहेको छ । बैंकको सबैभन्दा ठुलो शेयरधनी नागरिक लगानीकोष रहेको छ । नागरिक लगानीकोषको मात्रै कुल शेयर पूँजीको ३.३५ प्रतिशत अर्थात ४७ लाख ४९ हजार कित्ता रहेको छ ।

 

NIMB

दोस्रो धेरै शेयर स्वामित्व उर्मिला पाण्डेको ३.३० प्रतिशत छ । तेस्रो धेरै तारा विष्टको १.६५ प्रतिशत शेयर हिस्सा छ । चौथो धेरै विजेन्द्र जोशीको १.५९ प्रतिशत छ । पाचौ धेरै मनोहरदास मुलको १.३७ प्रतिशत छ । छैठौ धेरै दिग्विजय बिष्टको १.३० प्रतिशत हिस्सा रहेको छ । सातौ धेरै शेयर स्वामित्व रहेको पवित्र कुमार कार्कीको १.२८ प्रतिशत, आठौमा रविन्द्र मान सिंह प्रधान१.२८ प्रतिशत, नवौमा सावित्री शर्माको पनि १.२८ प्रतिशत र दशौ धेरै रमेश शर्माको १.०१ प्रतिशत छ ।

बैंकको ०.५० प्रतिशत भन्दा धेरै शेयर हिस्सा हुने शेयरधनीको संख्या २६ जना रहेको छ । यसरी २६ जना शेयरधनीले बैंकको कुल शेयर पूँजीको २७.२३ प्रतिशत ओगटेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया