NIMB Header 2
Nepal Life

सिद्धार्थ इक्विटी फण्ड २ का इकाई सार्वजनिक निष्काशन खुला

IME LIFE
  • BFIS News
  • 2026 May 04 08:38
सिद्धार्थ इक्विटी फण्ड २ का इकाई सार्वजनिक निष्काशन खुला
United Ajod

काठमाडौं ।  सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘सिद्धार्थ इक्विटी फण्ड २’ का इकाईहरू सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमा ल्याइएको छ।

Nepal Life
NIMB

Siddhartha Capital Limited ले बैशाख २१ गतेदेखि उक्त योजनाको इकाई बिक्री खुला गरेको हो।

क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई निष्काशन गरिँदैछ। यो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको हुनेछ र Siddhartha Mutual Fund अन्तर्गत सञ्चालन गरिनेछ।

जारी गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक Siddhartha Bank Limited का लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ, जसको मूल्य ८५ करोड रुपैयाँ बराबर हुन्छ। यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

इकाई खरिदका लागि बैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै इकाई बिक्री नभएमा आवेदन अवधि जेठ ४ गतेसम्म लम्ब्याइने जनाइएको छ।

निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पनि Siddhartha Capital Limited ले नै सम्हालेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। साथै Mero Share प्रणालीमार्फत सि–आस्बा प्रयोग गरेर अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध छ।

योजनाको क्रेडिट मूल्याङ्कनमा ICRA Nepal ले कोष प्रवर्द्धकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस’ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई ‘इक्राएनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ्ग दिएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया