NIMB Header 2
Nepal Life

घोराही सिमेन्टको घाटा घट्दै, सञ्चालन नाफामा उल्लेख्य सुधार

IME LIFE
  • BFIS News
  • 2026 May 04 08:43
घोराही सिमेन्टको घाटा घट्दै, सञ्चालन नाफामा उल्लेख्य सुधार
United Ajod

काठमाडौं ।  निर्माण क्षेत्रमा देखिएको मन्दीका बीच Ghorahi Cement Industry Limited ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म घाटा घटाउँदै सञ्चालन नाफामा सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

Nepal Life
NIMB

कम्पनीले चैत मसान्तसम्म ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँभन्दा सामान्य वृद्धि हो। आम्दानीमा ठूलो परिवर्तन नदेखिए पनि नोक्सानीतर्फ भने उल्लेखनीय सुधार भएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नोक्सानी १५ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ५५ करोड ४३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो। यसले घाटा घटाउन कम्पनी सफल भएको देखाउँछ।

सञ्चालनतर्फ कम्पनीले ३१ करोड ५५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ, जुन गत वर्षको १ करोड ७३ लाख रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।

कम्पनीको खर्च व्यवस्थापनमा सुधार देखिएको छ। प्रशासनिक तथा बिक्री–वितरण खर्च १९ करोड ७९ लाख रुपैयाँबाट घटेर १३ करोड ८४ लाख रुपैयाँमा झरेको छ, जसले सञ्चालन नाफामा सकारात्मक प्रभाव पारेको छ।

यद्यपि, उच्च वित्तीय खर्चले अझै पनि खुद नाफालाई दबाबमा राखेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ४९ करोड १८ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको ६८ करोड ८७ लाख रुपैयाँभन्दा कम भए पनि अझै उच्च स्तरमै रहेको देखिन्छ।

कम्पनीले निर्माण क्षेत्रमा आएको सुस्तता, तीव्र प्रतिस्पर्धा र कच्चा पदार्थको मूल्यमा उतारचढावलाई व्यवसायका प्रमुख चुनौतीका रूपमा उल्लेख गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया