NIMB Header 2
Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा डोजर दुर्घटनाको दाबी भुक्तानी, ७२ लाखभन्दा बढी दाबी

NMB Bank
  • BFIS News
  • 2026 May 05 13:16
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा डोजर दुर्घटनाको दाबी भुक्तानी, ७२ लाखभन्दा बढी दाबी
United Ajod

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको खादबारी शाखाले डोजर दुर्घटनाको दाबी भुक्तानी गरेको छ। डोजर दुर्घटनापछि पूर्णरूपमा क्षतिग्रस्त भएको घटनामा सम्बन्धित बिमितलाई दाबी रकम हस्तान्तरण गरिएको छ।

Shikhar
Nepal Life
NIMB

सितलादेवी कन्ष्ट्रक्सनले आफ्नो डोजरको बीमा सोही कम्पनीमार्फत गराएको थियो। मिति २०८२/०८/१२ गते सिलिचोंग गाउँपालिका–३ मा भएको दुर्घटनामा उक्त डोजर पूर्ण रूपमा नष्ट भएको थियो। दुर्घटनापछि कम्पनीले आवश्यक मूल्यांकन तथा दाबी प्रक्रिया पूरा गरी एक कार्यक्रमका बीच बिमितलाई रु. ७२,५०,००० (बहत्तर लाख पचास हजार) दाबी रकम हस्तान्तरण गरेको जनाएको छ।

कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले बीमाले अप्रत्याशित जोखिमबाट आर्थिक सुरक्षा प्रदान गर्ने उल्लेख गर्दै समयमै बीमा गराउनुको महत्वबारे जोड दिएका थिए। बिमित पक्षले पनि छिटो र सहज रूपमा दाबी भुक्तानी गरिएकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए।

बीमा क्षेत्रले प्राकृतिक विपत्ति तथा दुर्घटनाबाट हुने क्षतिलाई न्यूनिकरण गर्दै व्यवसायिक स्थायित्व कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया