काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीमा दोस्रो चरणको डोजर अभियान सुरु
- आयुस बस्नेत
- 2026 May 01 13:04
काठमाडौँ, वैशाख १८ गते । बल्खुस्थित सुकुम्बासी बस्तीमा शुक्रबार सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार सूचना जारी गर्दै बिहीबार साँझसम्म बस्ती खाली गर्न समय दिएको थियो ।
सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरूले सामान सार्ने काम तीव्र बनाएका थिए, जुन प्रक्रिया आज बिहानसम्म पनि जारी रहेको छ । बस्ती भत्काउनका लागि ठूला डोजर (जेसीबी) परिचालन गरिएको छ ।
काठमाडौँ उपत्यकाका नदी किनार तथा अतिक्रमित क्षेत्रका सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानअन्तर्गत दोस्रो चरणमा डोजर चलाइएको हो । यसै क्रममा टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतका क्षेत्रमा अतिक्रमित जग्गा खाली गर्ने तयारी गरिएको छ ।
यसअघि पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)













.jpg)




प्रतिक्रिया