नागरिक लगानी कोषको नाफा बढ्यो, ९ महिनामै ९८ करोडभन्दा बढी कमाई
- BFIS News
- 2026 May 08 12:56
काठमाडौं । नागरिक लगानी कोष ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कोषको खुद नाफा, कुल आम्दानी तथा लगानी विस्तारमा उल्लेख्य वृद्धि देखिएको छ।
कोषले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ९८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कोषले ८१ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा समीक्षा अवधिमा कोषको नाफा ९.६८ प्रतिशतले बढेको हो।
यस अवधिमा सेवा शुल्क, कमिसन तथा ब्याज आम्दानीमार्फत कोषले कुल १ अर्ब ६४ करोड रुपैयाँ आम्दानी गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो। कोषको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३२ पैसा पुगेको छ।
विवरणअनुसार व्यवस्थापन तथा सञ्चालन खर्च नियन्त्रणमा रहँदा कर अघिको नाफा १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। खर्च व्यवस्थापनमा सुधारसँगै कोषको समग्र वित्तीय अवस्था बलियो बन्दै गएको देखिएको छ।
कोषको कुल स्रोत ३३० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। खुलामुखी सामूहिक लगानी योजना तथा विभिन्न अवकाश कोषहरूले कुल स्रोत वृद्धिमा मुख्य योगदान दिएका छन्।
संकलित रकममध्ये कोषले ३११ अर्ब ४९ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको जनाएको छ। लगानीमध्ये नेपाल सरकारका ऋणपत्र, बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, संगठित संस्थाको शेयर तथा डिबेन्चरमा ठूलो हिस्सा रहेको छ।
कोषको बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा मात्रै १३४ अर्ब ३५ करोड रुपैयाँ लगानी रहेको वित्तीय विवरणमा उल्लेख छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpeg)

प्रतिक्रिया