धितोपत्र बोर्डको अध्यक्षमा राष्ट्र बैंकबाट रिटायर्डको दवदवा 'चर्चा भने बालेनको लौरो समाउनेको'
- BFIS News
- 2026 May 08 14:41
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदका लागि नेपाल राष्ट्र बैंकका बरिष्ठ अधिकारीहरुको आकर्षण देखिएको छ। पुर्व डेपुटी गभर्नर भइसकेका व्यक्तिहरु नै प्रत्यासीको रुपमा उभिएका छन्। भर्खरै अवकास प्राप्त डेपुटी गभर्नर बम बहादुर मिश्रले आवेदन दिएका छन्। उनि सँगै अर्का डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले समेत आवेदन दिएका छन्। शिवाकोटी गभर्नरदेखि अन्य नियामक निकायका पदमा सधै आकांक्षी देखिने गरेका छन्। उनकै दल सरकारमा हुँदा समेत उनलाई सरकारले पोत्याउन सकेन।
बैंक वित्तीय क्षेत्रका व्यक्तित्वहरुले आवेदन दिइरहदा बजारमा भने सबैभन्दा धेरै प्रधानमन्त्री बालेनलाई काठमाडौं महानगरको मेयरमा जिताउन लागि परेका पुरुषोत्तम चिमोरिया (सुवास चन्द्र डन)को चर्चा सबैभन्दा धेरै छ। उनि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरि ढकाल सँग पनि निकट छन्। सुवास चन्द्रका नामले फेसबुकमा भाइरल उनि एशियन क्यापिटलमा काम गर्छन्।
हालसम्मकै उच्च संख्यामा आवेदन परेको छ। अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि रिक्त पदका लागि आह्वान गरिएको आवेदनमा ४७ जनाले दाबी प्रस्तुत गरेका हुन्।
सरकारले अध्यक्ष सिफारिसका लागि गठन गरेको सिफारिस समितिले वैशाख २१ गतेभित्र आवेदन दिन सात दिने सूचना जारी गरेको थियो। उक्त अवधिमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर बमबहादुर मिश्र र चिन्तामणि शिवाकोटीदेखि पूर्व सहसचिव, पूर्व बैंकर तथा धितोपत्र बजारसँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तिहरूले आवेदन दिएका छन्।
आवेदकमध्ये नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, कामु निर्देशक प्रह्लाद गिरी तथा सुपरिवेक्षण विभागका निर्देशक सुवासचन्द्र घिमिरे पनि रहेका छन्। यस्तै, सेबोनका पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, सेबोन निर्देशक विनयदेव आचार्य, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की तथा पूर्व सहसचिव दीर्घ मैनालीले समेत आवेदन दिएका छन्।
यद्यपि, आवेदन प्रक्रिया सकिए पनि अध्यक्ष नियुक्तिको प्रक्रिया भने थप लम्बिने संकेत देखिएको छ। अध्यक्ष सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले पदबाट राजीनामा दिएपछि प्रक्रिया अन्योलमा परेको हो।
सरकारले गुणाकर भट्टको नेतृत्वमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य भुवनकुमार दाहाल रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। तर, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टले समेत अध्यक्ष पदका लागि आवेदन दिएपछि नातागत सम्बन्ध र स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै गुणाकर भट्टले समितिबाट राजीनामा दिएका हुन्। गोपाल भट्ट गुणाकर भट्टका दाजु हुन्।
यसका साथै राष्ट्र बैंकमा सँगै काम गरेका पूर्व कार्यकारी निर्देशक तथा पूर्व डेपुटी गभर्नरहरूले समेत आवेदन दिएपछि निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै उनले जिम्मेवारीबाट अलग भएको स्रोतको भनाइ छ।
अब सरकारले नयाँ संयोजक नियुक्त गरेपछि मात्रै सिफारिस समितिको काम अघि बढ्नेछ। समितिले प्राप्त आवेदनमध्येबाट तीन जनाको नाम सिफारिस गर्ने र मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई सेबोन अध्यक्ष नियुक्त गर्ने कानुनी व्यवस्था छ।
प्रमुख आवेदकहरू
बमबहादुर मिश्र (पूर्व डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक)
चिन्तामणि शिवाकोटी (पूर्व डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक)
डा. गोपाल भट्ट (पूर्व कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक)
प्रह्लाद गिरी (कामु निर्देशक, नेपाल राष्ट्र बैंक)
सुवासचन्द्र घिमिरे (निर्देशक, सुपरिवेक्षण विभाग, राष्ट्र बैंक)
डा. नवराज अधिकारी (पूर्व कार्यकारी निर्देशक, सेबोन)
विनयदेव आचार्य (निर्देशक, सेबोन)
पूर्णप्रसाद आचार्य (सिडिएससीका पुर्व प्रमुख कार्यकारी अधिकृत)
पिताम्बर भण्डारी (पूर्व सञ्चालक, सेबोन)
कृष्णबहादुर कार्की (पूर्व सीईओ, नेप्से)
सुरेश देवकोटा (पूर्व सीईओ, सिन्धु विकास बैंक)
डा. राकेश पोखरेल (डीसीईओ, रिलायन्स लाइफ इन्स्योरेन्स)
दीर्घ मैनाली (पूर्व सहसचिव)
मुकुन्द कुमार क्षेत्री
पुरुषोत्तम चिमोरिया (सुवास चन्द्र डन)
राजेन्द्र पण्डित
विपिन कंडेल
बद्री गुरागाई
विनोद आचार्य
झवेन्द्र कार्की
प्रकाश अधिकारी
डा केशब श्रेष्ठ
मुक्ति अर्याल
कृष्ण आचार्य
सीताराम थपलिया
दिपक थापा
डिम प्रसाद पौडेल
लिला ढकाल (स्याङ्जा)
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया