प्रवलजंग पाण्डे महासंघको एसोसिएट उपाध्यक्षमा निर्वाचित
- BFIS News
- 2026 May 06 14:10
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै उक्त पदमा विजय हासिल गरेका हुन्।
निर्वाचन परिणामअनुसार पाण्डेले कुल १ हजार ७९ मत प्राप्त गरेका छन् भने उनकी प्रतिद्वन्द्वी श्रेष्ठले ७५० मत ल्याएकी छन्। स्पष्ट मतान्तरसहित पाण्डेले महासंघको नेतृत्वमा आफ्नो उपस्थिति बलियो बनाएका छन्।
नव निर्वाचित उपाध्यक्ष पाण्डे लोमस फर्मास्युटिकल्स र कसमस सिमेन्ट का सञ्चालक हुन्। साथै, उनी सिटिजन्स बैंक इन्टरनेशनल का अध्यक्षको रूपमा पनि कार्यरत छन्।
उद्योग–व्यवसाय क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका पाण्डे निजी क्षेत्रका विभिन्न कम्पनी तथा संस्थागत भूमिकामा संलग्न छन्। उनको विजयसँगै महासंघमा निजी क्षेत्रको प्रतिनिधित्व अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया