NIMB Header 2
Nepal Life

मुग्लिन–पोखरा सडक पूर्वी खण्ड निर्माण सम्पन्न, सम्पदा संरक्षणमा जोड

NMB Bank
  • BFIS News
  • 2026 May 01 13:10
मुग्लिन–पोखरा सडक पूर्वी खण्ड निर्माण सम्पन्न, सम्पदा संरक्षणमा जोड
United Ajod

तनहुँ, वैशाख १८ गते । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) को सडक निर्माण कार्य पूर्णरूपमा सम्पन्न भएको छ ।

 

Shikhar
Nepal Life
NIMB

सडक विस्तारसँगै आयोजनाले सडक सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठमन्दिर तथा पाटीपौवाहरूको पुनर्निर्माण कार्यलाई तीव्रता दिएको छ । पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार सडक विस्तारका क्रममा प्रभावित भएका धार्मिक तथा सांस्कृतिक संरचनाको मौलिकता जोगाउन करिब दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

विनियोजित बजेटमार्फत अधिकांश मठमन्दिर र पाटीपौवाहरूको पुनर्निर्माण कार्य धमाधम भइरहेको उहाँले जानकारी दिनुभयो । व्यास नगरपालिका–१२ घाँसीकुवामा रहेको ऐतिहासिक भानु–घाँसी पार्क र कुवाको पुनर्निर्माणका लागि पनि विशेष तयारी भइरहेको छ ।

भानु–घाँसी पार्क संरक्षण समितिले तयार पारेको करिब तीन करोड रुपैयाँको गुरुयोजना अनुसार पार्क विकासको प्रक्रिया अघि बढाइएको छ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र घाँसीसँग सम्बन्धित ऐतिहासिक स्थललाई पर्यटकीय तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

एसियाली विकास बैँक (एडिबी)को करिब ६ अर्ब ३१ करोड रुपैयाँ लागतमा स्तरोन्नति भएको ४१ किलोमिटर सडक खण्डको निर्माण पूरा भइसकेको छ । सडक कालोपत्रे, लेन मार्किङलगायतका प्राविधिक काम सम्पन्न भएसँगै अब किनाराका संरचना तथा सांस्कृतिक सम्पदाको व्यवस्थापनमा ध्यान दिइएको छ ।

यस खण्डमा पर्ने मादी नदी पुल निर्माणको काम ८३ प्रतिशत पूरा भएको र बाँकी काम तीव्र गतिमा अघि बढाइएको आयोजनाले जनाएको छ । २०७७ माघमा ठेक्का सम्झौता भएर सुरु भएको यो आयोजना नेपालको प्रमुख राजमार्गको नमुना विस्तारका रूपमा लिइएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया