सुन र चाँदीको मूल्यमा वृद्धि, प्रतितोला सुन २ लाख ९६ हजार नाघ्यो
- BFIS News
- 2026 May 01 13:08
काठमाडौँ, वैशाख १८ गते । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । सुन प्रतितोला ३ हजार ४०० र चाँदी प्रतितोला १३५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १०० पुगेको छ भने चाँदी प्रतितोला ४ हजार ९४५ मा कारोबार भइरहेको छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ७०० मा र चाँदी ४ हजार ८१० मा कारोबार भएको थियो । यसअघि बुधबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० र चाँदी ४ हजार ९१५ मा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ६५० अमेरिकी डलर र चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)













.jpg)




प्रतिक्रिया