NIMB Header 2
Nepal Life

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

IME LIFE
  • BFIS News
  • 2026 May 05 11:52
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौं, बैशाख २२ — एभरेष्ट कलर लिमिटेड ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले बैशाख १६ गतेदेखि उक्त आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो।

Nepal Life
NIMB

कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर हुन आउने ७ करोड ९० लाख रुपैयाँको कुल ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो।

आईपीओमा आवेदन दिन चाहनेहरूले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेड द्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपाल ले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया