टर्किस एयरको विमान अवतरणका क्रममा आगलागी, सबै यात्रु सुरक्षित
- BFIS News
- 2026 May 11 10:28
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण का अनुसार इस्तानबुलबाट काठमाडौं आएको Turkish Airlines को जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको छ।
सोमबार बिहान भएको उक्त घटनापछि विमानस्थल क्षेत्रमा केही समय त्रासको अवस्था सिर्जना भए पनि विमानमा रहेका सबै यात्रु सुरक्षित रहेको जनाइएको छ।
टीके–७२६ कलसाइनको उक्त विमान अवतरण गर्ने क्रममा चक्काबाट आगो निस्किएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। घटनापछि तत्काल दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो।
प्राधिकरणका अनुसार विमानमा रहेका चार बालबालिकासहित २७७ यात्रुलाई आपत्कालीन ढोका प्रयोग गरेर सुरक्षित रूपमा बाहिर निकालिएको थियो। उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन्।
विमानमा यात्रुसँगै केही शव तथा सामानसमेत रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल स्रोतले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.png)





प्रतिक्रिया