NIMB Header 2
Nepal Life

बजेट अधिवेशन आजदेखि, सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुने

IME LIFE
  • BFIS News
  • 2026 May 11 10:46
बजेट अधिवेशन आजदेखि, सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुने
United Ajod

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ।

Nepal Life
NIMB

अधिवेशनको पहिलो दिन सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।

रामचन्द्र पौडेल ले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ। नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशनमा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।

संसद् सचिवालयका अनुसार संयुक्त बैठक अपराह्न ४ बजे बस्नेछ। बैठकमा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई निर्धारित समयअघि नै उपस्थित हुन आग्रह गरिएको छ। त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्ने कार्यतालिका रहेको छ।

प्रतिनिधिसभाको प्रारम्भिक बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइनेछ। साथै मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी सूचना, सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन तथा प्रतिनिधिसभा नियमावलीसम्बन्धी विभिन्न प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस अधिवेशनमा सरकारले हालै जारी गरेका विभिन्न अध्यादेशहरू पनि संसद्मा पेस गर्ने तयारी गरेको छ। सार्वजनिक खरिदसम्बन्धी संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश तथा संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेशलगायत आठ वटा अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा प्रस्तुत गरिने जनाइएको छ।

सरकारले यही अधिवेशनमार्फत आगामी आर्थिक वर्षको बजेट, नीति तथा कानुनी प्राथमिकता अघि बढाउने भएकाले यसलाई महत्त्वपूर्ण अधिवेशनका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया