NIMB Header 2
Nepal Life

नेपाल लाइफको बीमा व्यवसाय ३६ अर्ब ७० करोड नाघ्यो, जीवन बीमा कोष २ खर्ब ६५ खर्ब पुग्यो

IME LIFE
  • BFIS News
  • 2026 May 13 11:09
नेपाल लाइफको बीमा व्यवसाय ३६ अर्ब ७० करोड नाघ्यो, जीवन बीमा कोष २ खर्ब ६५ खर्ब पुग्यो
United Ajod

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ४५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यससँगै कम्पनीको नाफा वार्षिक आधारमा २७.४० प्रतिशतले घटेको देखिएको छ।

Nepal Life
NIMB

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क आर्जन भने उल्लेख्य रूपमा बढेको छ। चालु आवको चैत मसान्तसम्म कम्पनीले ३६ अर्ब ७० करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। गत आवको सोही अवधिमा यस्तो आर्जन ३२ अर्ब ५० करोड ७२ लाख रुपैयाँ रहेको थियो। यसले कम्पनीको खुद बीमा शुल्क आम्दानी १२.९१ प्रतिशतले वृद्धि भएको देखाउँछ।

त्यस्तै, कम्पनीको जीवन बीमा कोष पनि विस्तार हुँदै २ खर्ब ६५ अर्ब ३६ करोड १० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा जीवन बीमा कोष २ खर्ब २५ अर्ब ६७ करोड ४९ लाख रुपैयाँ रहेको थियो। यो १७.५९ प्रतिशतको वृद्धि हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५२ अर्ब ३० करोड ६५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल आम्दानी ४७ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ रहेको थियो। यद्यपि, कम्पनीको कुल खर्च पनि बढेर ४९ अर्ब २० करोड ५२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ४४ अर्ब ६९ करोड २९ लाख रुपैयाँ थियो।

वित्तीय सूचकतर्फ कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) घटेर ६ रुपैयाँ ४० पैसामा सीमित भएको छ। गत वर्ष सोही अवधिमा ईपीएस ९ रुपैयाँ २४ पैसा थियो। कम्पनीको प्रति शेयर नेटवर्थ १२६ रुपैयाँ ३३ पैसा रहेको छ भने सोल्भेन्सी अनुपात १.५४ गुणामा कायम रहेको वित्तीय विवरणमा उल्लेख छ।

हाल कम्पनीको चुक्ता पूँजी ९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। कम्पनीले जगेडा कोषमा ७८ करोड ३३ लाख रुपैयाँ तथा महाविपत्ति कोषमा १ अर्ब ५४ करोड १९ लाख रुपैयाँ सञ्चिति राखेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया