NIMB Header 2
Nepal Life

सन नेपाल लाइफको मुनाफा ३२ करोड ८९ लाख रुपैयाँ, जीवन बीमा कोष २५ प्रतिशतले बढेर १२ अर्ब नजिक

IME LIFE
  • BFIS News
  • 2026 May 13 11:43
सन नेपाल लाइफको मुनाफा ३२ करोड ८९ लाख रुपैयाँ, जीवन बीमा कोष २५ प्रतिशतले बढेर १२ अर्ब नजिक
United Ajod

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा सामान्य रूपमा बढे पनि बीमाशुल्क आर्जनमा भने समान्य गिरावट देखिएको छ।

Nepal Life
NIMB

कम्पनीले चालू आवको चैत मसान्तसम्म ३४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको खुद नाफा ३.३५ प्रतिशतले वृद्धि भएको हो।

वित्तीय विवरणअनुसार कम्पनीको जीवन बीमा कोष उल्लेख्य रूपमा विस्तार भएको छ। गत आवको चैत मसान्तसम्म ९ अर्ब ५१ करोड रुपैयाँ रहेको जीवन बीमा कोष चालू आवको सोही अवधिमा २५ प्रतिशतले बढेर ११ अर्ब ९० करोड रुपैयाँ नाघेको छ।

यद्यपि, कम्पनीको खुद बीमाशुल्क आम्दानीमा भने केही संकुचन आएको छ। समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन ५ प्रतिशतले घटेर ३ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ। गत आवको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो।

त्यसैगरी, कम्पनीको कुल आम्दानी १.६१ प्रतिशतले घटेको छ भने कुल खर्च १.७६ प्रतिशतले बढेको छ। अभिकर्तालाई प्रदान गरिने कमिशन खर्च १०.१२ प्रतिशतले बढेर ३१ करोड ६७ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ८ रुपैयाँ ५५ पैसा कायम भएको छ। गत आवको सोही अवधिमा यस्तो आम्दानी ११ रुपैयाँ ७ पैसा रहेको थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ३८ पैसा रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब २८ करोड रुपैयाँ रहेको छ। साथै, महाविपत्ति कोषमा २३ करोड ३२ लाख रुपैयाँ तथा जगेडा कोषमा ३० करोड ६४ लाख रुपैयाँ सञ्चिति रहेको वित्तीय विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया