NIMB Header 2
Nepal Life

फेडरल रिजर्भको अन्तरिम नेतृत्व जेरोम पावेललाई

NMB Bank
  • BFIS News
  • 2026 May 17 11:01
फेडरल रिजर्भको अन्तरिम नेतृत्व जेरोम पावेललाई
United Ajod

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक Federal Reserve Board ले जेरोम पावेललाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ ।

Shikhar
Nepal Life
NIMB

नव नियुक्त अध्यक्ष केभिन वार्सले औपचारिक रूपमा शपथ ग्रहण नगरेसम्म पावेलले नेतृत्व सम्हाल्ने व्यवस्था गरिएको हो ।

फेडले शुक्रबार जारी गरेको विवरणअनुसार नेतृत्व हस्तान्तरणको संक्रमणकालीन अवधिमा बहालवाला अध्यक्षलाई नै अस्थायी जिम्मेवारी दिने अभ्यासअनुसार पावेललाई अन्तरिम अध्यक्ष तोकिएको हो । पावेलको अध्यक्षका रूपमा दोस्रो चारवर्षे कार्यकाल शुक्रबारबाट औपचारिक रूपमा समाप्त भएको छ ।

यसअघि अमेरिकी सिनेटले दुई दिनअघि मात्र केभिन वार्सको नाम नयाँ अध्यक्षका रूपमा अनुमोदन गरेको थियो । वार्सले पदभार ग्रहण नगरेसम्म फेडको दैनिक नेतृत्व पावेलकै जिम्मामा रहने जनाइएको छ ।

पावेलले केन्द्रीय बैंकको स्वायत्तता र स्वतन्त्रता कायम राख्नुपर्ने विषयलाई महत्त्वपूर्ण बताउँदै आफू फेडरल रिजर्भ बोर्डको गभर्नरका रूपमा भने कार्यरत रहने संकेत दिएका छन् । गभर्नरका रूपमा उनको कार्यकाल सन् २०२८ जनवरीसम्म कायम रहेको छ ।

यसैबीच, वासिङ्टन डीसीस्थित फेड मुख्यालयको मर्मतसम्भारसँग सम्बन्धित भनिएको अनियमितताको विषयमा पावेलमाथि अमेरिकी न्याय मन्त्रालयले अनुसन्धान अघि बढाएको थियो । पछि एक रिपब्लिकन सिनेटरले राष्ट्रपति Donald Trump द्वारा मनोनित फेडका उम्मेदवारहरू अवरुद्ध गर्ने चेतावनी दिएपछि उक्त अनुसन्धान फेडकै ‘इन्स्पेक्टर जनरल’ कार्यालयमा हस्तान्तरण गरिएको बताइएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया