NIMB Header 2
Nepal Life

राष्ट्रिय आर्थिक गणना ८७ प्रतिशत सम्पन्न

IME LIFE
  • BFIS News
  • 2026 May 18 21:17
राष्ट्रिय आर्थिक गणना  ८७ प्रतिशत सम्पन्न
United Ajod

काठमाडौं । राष्ट्रिय तथ्याङ्क विभागले सञ्चालन गरिरहेको दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ को कार्य ८७.०८ प्रतिशत सम्पन्न भएको जनाएको छ । कार्यालयले आइतबार थापाथलीस्थित आफ्नो कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत गणनाको प्रगति विवरण सार्वजनिक गरेको हो ।

Shikhar
Nepal Life
NIMB

गत वैशाख २ गतेदेखि सुरु भएको आर्थिक गणना आगामी असार ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकृत तथा प्रवक्ता ढुण्डीराज लामिछानेले देशभर खटिएका गणकहरूले उल्लेख्य मात्रामा तथ्यांक संकलन गरिसकेको जानकारी दिए । उनका अनुसार हालसम्म ८ लाखभन्दा बढी कागजी फाराम तथा १० हजारभन्दा बढी गणना टोकन वितरण भइसकेको छ ।

कार्यक्रममा प्रमुख तथ्यांक अधिकृत डा. कमलप्रसाद पोखरेलले स्थलमै पुगेर तथ्यांक संकलनको काम तीव्र रूपमा भइरहेको बताए । उनले गणनासँग सम्बन्धित सबै संस्था तथा निकायलाई सही र तथ्यपरक विवरण उपलब्ध गराउन आग्रह गरे । साथै, विशेषगरी रेडियोमा कार्यरत पत्रकारहरूलाई आर्थिक गणनाबारे जनचेतना अभिवृद्धिमा सहयोग गर्न अनुरोध गरे ।

डा. पोखरेलले राष्ट्रिय आर्थिक गणना भविष्यका आर्थिक लक्ष्य हासिल गर्न सरकारका लागि महत्वपूर्ण आधार बन्ने बताए । उनका अनुसार गणनामार्फत व्यवसायिक प्रतिष्ठान, व्यवसायको संख्या, रोजगारीको अवस्था तथा उद्यमहरूको समग्र आर्थिक स्थितिबारे विस्तृत जानकारी संकलन हुनेछ ।

उनले प्राप्त तथ्यांकले कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुमान, राष्ट्रिय लेखा प्रणाली तथा प्रतिष्ठानमा आधारित सर्वेक्षणलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उल्लेख गरे । साथै, संघीय, प्रादेशिक र स्थानीय तहका सरकारलाई आर्थिक विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माण र मूल्यांकनमा समेत तथ्यांक उपयोगी हुने विश्वास व्यक्त गरे ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया