Nepal Life

सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित

NMB Bank
  • BFIS News
  • 2023 Oct 13 15:43
सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित
National Life

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलको शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले प्रवलजंग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।

Shikhar
NIMB

पाण्डे यसअघि बैंकको सञ्चालक थिए। उनी मर्जर तथा एक्विजिसन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो।

बैंकका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन्। यसअघि बैंकको अध्यक्षमा राजनसिंह भण्डारी थिए।

साधारण सभाले सजन शर्मा र सीता कार्की केसीलाई सञ्चालक चयन गरेको छ। सर्वसाधारणका तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की तथा स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली छन्।

साधारणसभाले ५.७९ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ भने उपयुक्त संस्थालाई गाभ्ने/गाभिने प्रकृया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया