NIMB Header 2
Nepal Life

सुदूरपश्चिमको अर्थतन्त्रमा कृषिको उच्च निर्भरता, औद्योगिक क्षेत्र कमजोर

IME LIFE
  • BFIS News
  • 2026 May 21 08:54
सुदूरपश्चिमको अर्थतन्त्रमा कृषिको उच्च निर्भरता, औद्योगिक क्षेत्र कमजोर
United Ajod

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको प्रभाव अझै प्रमुख रहेको देखिएको छ।

Nepal Life
NIMB

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सम्बन्धी प्रारम्भिक अनुमानले प्रदेशमा औद्योगिक तथा उत्पादनमुखी क्षेत्रको विस्तार अपेक्षाअनुसार हुन नसकेको संकेत गरेको हो।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको कुल अर्थतन्त्र करिब ४ खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान ३३ दशमलव ४३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ, जुन कुल अर्थतन्त्रको एकतिहाइभन्दा बढी हिस्सा हो।

त्यसैगरी सेवा क्षेत्रको योगदान ५२ दशमलव ७ प्रतिशत रहने अनुमान गरिएको छ। तर उद्योग तथा उत्पादनसँग सम्बन्धित द्वितीय क्षेत्रको हिस्सा भने १३ दशमलव ७ प्रतिशतमा सीमित रहने देखिएको छ। यसले प्रदेशमा औद्योगिक गतिविधि र उत्पादनमूलक क्षेत्रको वृद्धि अपेक्षाकृत कमजोर रहेको संकेत गरेको छ।

तथ्यांकअनुसार प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार १७० अमेरिकी डलर रहने अनुमान छ। यो राष्ट्रिय औसत १ हजार ५१३ अमेरिकी डलरभन्दा कम हो।

स्थिर मूल्यमा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३ दशमलव २८ प्रतिशत रहने अनुमान गरिएको छ, जुन राष्ट्रिय औसत ३ दशमलव ८५ प्रतिशतभन्दा न्यून हो।

क्षेत्रगत रूपमा वित्तीय तथा बीमा क्षेत्रमा सबैभन्दा उच्च ७ दशमलव ९८ प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ। यातायात पूर्वाधार विस्तार तथा इन्टरनेट पहुँच बढ्दै जाँदा यातायात, भण्डारण र सूचना–सञ्चार क्षेत्रमा पनि सकारात्मक वृद्धि देखिएको तथ्यांक कार्यालयले जनाएको छ।

यद्यपि सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा शून्य दशमलव १८ प्रतिशत ऋणात्मक वृद्धिदर रहने अनुमान गरिएको छ। सरकारी खर्चमा कमी आउनु यसको प्रमुख कारण मानिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया