NIMB Header 2
Nepal Life

मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध

IME LIFE
  • BFIS News
  • 2026 May 21 12:01
मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध
United Ajod

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या उत्पन्न भएपछि तनहुँ, गोरखा र चितवन का केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।

Nepal Life
NIMB

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार २२०/१३२/३३ केभी सबस्टेसनमा रहेको १३२/३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आएपछि अत्यधिक करेन्ट प्रवाह भएको थियो। त्यसपछि बुधबार साँझ ५ः३२ बजेदेखि विद्युत् लाइन अवरुद्ध भएको जनाइएको छ।

उक्त सबस्टेसनबाट तनहुँको आँबुखैरेनी, गोरखा जिल्ला तथा मुग्लिन हुँदै चितवनका केही क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो।

समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरण अन्तर्गत पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली खटिएको थियो। तनहुँ वितरण केन्द्रका सूचना अधिकारी वेनी नेपाली का अनुसार राति १२ः४५ बजे लाइन पुनः सञ्चालनमा ल्याइएको भए पनि पुनः अर्थिङ प्रणालीमै समस्या देखिएपछि बिहीबार बिहान ६ः४७ बजे ट्रान्सफर्मर फेरि बन्द गरिएको हो।

प्राधिकरणले वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ। ट्रान्सफर्मर मर्मत सम्भव भए मर्मत गर्ने, अन्यथा आवश्यक परे नयाँ ट्रान्सफर्मर जडान गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ। हाल प्राविधिक टोली सबस्टेसनमै रहेर मर्मत तथा व्यवस्थापनको काम गरिरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया