संवेदनशील सूचना ढिलो सार्वजनिक गरेपछि संस्थासँग नेप्सेको स्पष्टिकरण माग
- BFIS News
- 2026 May 22 15:26
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले वार्षिक साधारण सभा (एजीएम), बुक क्लोज तथा लाभांश सम्बन्धी संवेदनशील सूचना ढिलो सार्वजनिक गरेको भन्दै सम्बन्धित संस्थासँग स्पष्टिकरण माग गरेको छ ।
।
संस्थाको सञ्चालक समितिको यही जेठ ३ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि वार्षिक साधारण सभा आयोजना गर्ने, सेयर दाखिल–खारेज (बुक क्लोज) गर्ने तथा लाभांश वितरण सम्बन्धी महत्वपूर्ण निर्णय गरेको थियो । तर उक्त निर्णयसँग सम्बन्धित सूचना नेप्सेको अनलाइन कारोबार प्रणालीमा तोकिएको समयसीमाभन्दा ढिलो गरी जेठ ७ गते मात्र अपलोड गरिएको पाइएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) मा धितोपत्रको मूल्यमा प्रत्यक्ष प्रभाव पार्न सक्ने कुनै पनि निर्णय वा सूचना सोही दिन वा अधिकतम अर्को कारोबार दिन बजार खुल्नुअघि बिहान १०ः३० बजेसम्म अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
तोकिएको समयसीमा पालना नगरेको देखिएपछि नेप्सेले सम्बन्धित संस्थासँग कारणसहित स्पष्टिकरण माग गरेको जनाएको छ
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया