बाढीका कारण ताप्लेजुङ–पाँचथरका जलविद्युत् आयोजना र कृषि क्षेत्रमा क्षति
- BFIS News
- 2026 May 24 14:34
ताप्लेजुङ । गएरातिको अविरल वर्षापछि आएको बाढीले ताप्लेजुङ र पाँचथर जिल्लाका विभिन्न जलविद्युत् आयोजना तथा स्थानीय पूर्वाधारमा क्षति पुर्याएको छ।
बाढीका कारण जलविद्युत् आयोजनाका संरचना, खानेपानी आयोजना र कृषियोग्य जमिन प्रभावित भएका छन्।
पाँचथर–ताप्लेजुङ सीमामा रहेको इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रको पर्खाल बाढीले क्षतिग्रस्त बनाएको जनाइएको छ। त्यसैगरी, याङवरक गाउँपालिका–२ स्थित मेवाखोलामा रहेको मेवाखोला जलविद्युत् आयोजनामा पनि बाढीले असर पुर्याएको छ। अरुण काबेली जलविद्युत् आयोजनामा समेत क्षति पुगेको जानकारी प्राप्त भएको छ।
बाढीका कारण याङवरक–४ सिगेवामा स्थानीयवासी लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची खेती तथा कृषियोग्य जमिनमा समेत क्षति पुगेको छ।
प्रहरीका अनुसार बाढीपहिरोले टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना प्रभावित भएका छन्। साथै, वाराङ सिँचाइ योजना र मेची पहाडी खानेपानी आयोजनामा पनि क्षति पुगेको बताइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया