NIMB Header 2
Nepal Life

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन, माग उच्च

IME LIFE
  • BFIS News
  • 2026 May 24 19:51
कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन, माग उच्च
United Ajod

काठमाडौं । कालंगा हाइड्रो लिमिटेड को प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा ठूलो मात्रामा आवेदन परेको छ ।

 

Nepal Life
NIMB

सिडिएस एण्ड क्लियरिङका अनुसार जेठ १० गते साँझ ५ बजेसम्ममा आईपीओमा कुल २ अर्ब २५ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यस अवधिमा १७ लाख ७९ हजार ५९३ जनाले २ करोड २५ लाख २९० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको थियो भने हाल सर्वसाधारणका लागि निष्काशन खुला गरिएको हो ।

कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसअन्तर्गत ४९ लाख कित्ता सेयर जारी गरिएको छ ।

जसमध्ये १४ लाख कित्ता आयोजना प्रभावितलाई र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड भइसकेको छ । त्यस्तै, १ लाख ७५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी २८ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । माग अनुसार आवेदन कम परेमा आवेदन अवधि जेठ २२ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया