NIMB Header 2
Nepal Life

कालिन्चोक हाइड्रोपावरको शेयर नेप्सेमा पहिलो कारोबार, प्रतिकित्ता मूल्य ३०० रुपैयाँ कायम

IME LIFE
  • BFIS News
  • 2026 May 26 11:12
कालिन्चोक हाइड्रोपावरको शेयर नेप्सेमा पहिलो कारोबार, प्रतिकित्ता मूल्य ३०० रुपैयाँ कायम
United Ajod

काठमाडौं, जेठ १२ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार कालिन्चोक हाइड्रोपावर लिमिटेड को शेयर पहिलो पटक कारोबार भएको छ। कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार सम्पन्न भएको हो।

Nepal Life
NIMB

कम्पनीको कुल ५५ लाख कित्ता शेयर गत जेठ ८ गते शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। यसमध्ये सर्वसाधारणलाई वितरण गरिएको १३ लाख ७५ हजार कित्ता तथा संस्थापक समूहको ४१ लाख २५ हजार कित्ता शेयर समावेश छन्।

सूचीकृत शेयरको पहिलो कारोबार जेठ ११ गते सोमबार स्पेशल प्रि–ओपन सेसनमार्फत हुने अपेक्षा गरिएको थियो। तर, उक्त दिन खरीद–बिक्री आदेश मिलान हुन नसकेपछि पहिलो कारोबार हुन सकेको थिएन। त्यसपछि मंगलबार कम्पनीको शेयर कारोबार सुरु भएको हो।

नेप्सेले कम्पनीको शेयरका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको थियो। सोही रेञ्जभित्र स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार ३०० रुपैयाँमा सम्पन्न भएको हो। कम्पनीको शेयर नेप्सेमा ‘केएचपीएल’ टिकर संकेतमार्फत कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया