NIMB Header 2
Nepal Life

नेपाल लाइफद्वारा एएमएल सिएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न

IME LIFE
  • BFIS News
  • 2026 May 26 18:36
नेपाल लाइफद्वारा एएमएल सिएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न
United Ajod

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य र आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT/CPF) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

Nepal Life
NIMB

कम्पनीका अनुसार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक का निर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरि कुमार नेपाल ले बीमा क्षेत्रमा लागू हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र त्यसको व्यवहारिक कार्यान्वयनबारे प्रस्तुति दिएका थिए।

प्रशिक्षणमा कम्पनीका सञ्चालक समिति पदाधिकारी, आधारभूत शेयरधनी, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको जनाइएको छ। कार्यक्रममा AML/CFT/CPF सम्बन्धी कानुनी व्यवस्था, नियामकीय निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया (KYC), शंकास्पद कारोबार पहिचान तथा अन्तर्राष्ट्रिय अभ्यासबारे विस्तृत जानकारी दिइएको थियो।

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल ले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा AML/CFT अनुपालन कम्पनीको दीर्घकालीन स्थायित्वका लागि महत्वपूर्ण रहेको बताए। उनले प्रभावकारी अनुपालनले संस्थालाई सुरक्षित र दिगो बनाउन सहयोग पुग्ने धारणा राखे।

त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले AML/CFT/CPF सम्बन्धी कानुनको व्यवहारिक कार्यान्वयनमा जोड दिँदै नियामकीय आवश्यकतालाई दैनिक कार्यप्रणालीमा प्रभावकारी रूपमा लागू गरिएको बताए।

कम्पनीले यस्ता प्रशिक्षण कार्यक्रमले वित्तीय अपराध न्यूनीकरण, संस्थागत सुशासन र वित्तीय पारदर्शिता सुदृढ बनाउन सहयोग पुगेको जनाएको छ। साथै, आगामी दिनमा पनि क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा अनुपालन प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया