Nepal Life

वीरगञ्ज नाकाबाट १० महिनामा १ खर्ब ८१ अर्ब रुपैयाँको पेट्रोलियम आयात

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 28 13:58
वीरगञ्ज नाकाबाट १० महिनामा १ खर्ब ८१ अर्ब रुपैयाँको पेट्रोलियम आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

Nepal Life
NIMB

आयात छ प्रकारका पेट्रोलियम वस्तुमा भएको हो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात मूल्य २५ अर्ब ५३ करोड रुपैयाँ अर्थात १६.३५ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ। गत वर्षको १० महिनामा सो नाकाबाट १ खर्ब ५६ अर्ब १७ करोड रुपैयाँ बराबरका पेट्रोलियम पदार्थ आयात भएका थिए।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

डिजेल, पेट्रोल र एलपीजी आयातको अवस्था

तथ्यांकअनुसार चालु आवको १० महिनामा ८ लाख ९५ हजार २४६ किलोलिटर डिजेल आयात भएको छ, जसको मूल्य १ खर्ब ५७ करोड रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा ९ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो।

त्यस्तै, पेट्रोल आयात ३ लाख ९० हजार ६१५ किलोलिटर पुगेको छ, जसको मूल्य ३५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ। गत वर्षको १० महिनामा ३ लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको थियो, जसको मूल्य ३१ अर्ब ७१ करोड रुपैयाँ थियो।

एलपीजी ग्यासतर्फ चालु आवमा २४ करोड २७ लाख ३ हजार १५० किलोग्राम आयात भएको छ, जसको मूल्य २५ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात भएको थियो, जसको मूल्य ३० अर्ब २८ करोड रुपैयाँ थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया