Nepal Life

कर प्रणालीमा व्यापक पुनर्संरचना: २७३ कच्चा पदार्थको भन्सार घटाइयो, ३६० वस्तुमा अन्तःशुल्क खारेज

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 29 16:35
कर प्रणालीमा व्यापक पुनर्संरचना: २७३ कच्चा पदार्थको भन्सार घटाइयो, ३६० वस्तुमा अन्तःशुल्क खारेज

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले कर प्रणालीमा संरचनागत परिवर्तन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै कर तथा भन्सार दरहरूमा उल्लेख्य संशोधन गरिएको जानकारी दिएका छन्।

Nepal Life
NIMB

बजेटअनुसार उद्योग तथा उत्पादन क्षेत्रमा प्रयोग हुने २७३ प्रकारका कच्चा पदार्थमा लाग्दै आएको भन्सार दर घटाइएको छ। उत्पादन लागत घटाउने र कर संरचना पुनःव्यवस्थित गर्ने उद्देश्यले यस्तो परिवर्तन गरिएको उल्लेख गरिएको छ।

त्यसैगरी, हाल कायम रहेको ११ तहको भन्सार संरचनालाई घटाएर ७ तहमा सीमित गरिएको छ। यसबाट भन्सार प्रणालीलाई सरलीकरण गर्ने र प्रशासनिक प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।

बजेट वक्तव्यमा ३६० प्रकारका वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको पनि उल्लेख छ। साथै, १ हजार ११२ भन्दा बढी वस्तुमा लागू कर संरचनामा पुनरावलोकन गरी समायोजन गरिएको जानकारी दिइएको छ।

यस्तै, इन्धन र सवारीसाधनमा छुट्टाछुट्टै शीर्षकमा लगाइँदै आएको पूर्वाधार विकास कर र सडक दस्तुरलाई एकीकृत गरी ‘हरित कर’ अन्तर्गत समावेश गरिएको छ। सरकारले यसलाई कर प्रणालीलाई पुनर्संरचना गर्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया