एआई क्षेत्रमा १५ नेपाली शोधकर्तालाई फेलोशिप दिने सरकारको घोषणा
- BFIS News
- 2026 May 29 16:47
काठमाडौँ, जेठ १५ गते । सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा कार्यरत १५ जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गर्नुभएको हो ।
उहाँले नेपालको अपार ऊर्जा र क्षमता एआई विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी सिर्जना गर्ने, डिजिटल निर्यात विस्तार गर्ने र एआईमा आधारित आर्थिक रूपान्तरणको आधार तयार गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।
अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त कम्तीमा १५ नेपाली एआई शोधकर्तालाई फेलोशिप प्रदान गरी उनीहरूलाई नेपाल फर्केर योगदान गर्न आमन्त्रण गरिने जानकारी दिनुभयो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया