Nepal Life

एन आई सी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा सम्पन्न, ३०.५२ प्रतिशत लाभांश पारित

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sun 14:42
एन आई सी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा सम्पन्न, ३०.५२ प्रतिशत लाभांश पारित
Sanima Reliance

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न वार्षिक साभारणसभाले ३०.५२ प्रतिशत लाभांश पारित गरेको छ ।

NIMB

साधारणभाले गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ । 

बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

चुक्ता पूँजी बृद्धि भए सँगै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने लगायतका विशेष प्रस्ताव पनि पारित भएको छ । वार्षिक साधारण सभालाई ध्यानमा राखी २०८०/०६/१६ देखि २०८०/०६/२८ सम्म बैंकको शेयर दाखिल खारेज दर्ता गरिएको थियो । बैंकको साधारणभामा असोज १५ गतेसम्म कायम शेयरधनीले भाग लिएका थिए भने उनिहरुले लाभांश प्राप्त गरेका छन् । 

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६१३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया